दफा २६
निस्सा, प्रमाण वा रसिद माग गर्न सक्ने
(१) कुनै व्यक्तिले कुनै मालवस्तु पैठारी गरी ल्याएको हो वा निकासी गर्न लागेको हो र भन्सार महसुल तिरेको छैन भनी विश्वास गर्नुपर्ने मनासिब कारण भएमा वा भन्सार महसुल नतिरेको थाहा पाएमा भन्सार कार्यालयको कुनै कर्मचारीले त्यस्तो व्यक्तिबाट सो मालवस्तुको भन्सार महसुल तिरेको प्रमाण वा भन्सार महसुल नलाग्ने भए सोही व्यहोराको निस्सा माग गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम माग भएको प्रमाण वा निस्सा त्यस्तो व्यक्तिले त्यस्तो कर्मचारीलाई देखाउनु पर्नेछ । निजले त्यस्तो प्रमाण वा निस्सा पेश गर्न नसकेमा वा पेश गरेको निस्सामा लेखिए बमोजिमको मालवस्तु नभई फरक मालवस्तु देखिन आएमा त्यस्तो कर्मचारीले त्यस्तो मालवस्तु र व्यक्ति भन्सार अधिकृत समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपदफा (२) बमोजिम पेश भएपछि भन्सार अधिकृतले त्यस्तो मालवस्तु रोक्का गर्न आदेश दिन सक्नेछ र पेश भएको व्यक्तिलाई चोरी निकासी वा पैठारीको कसूरमा कारबाही चलाउनेछ ।